September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कहाँ–कहाँ भइरहेको छ अहिले वर्षा ?

२०८२ आश्विन १८

320

काठमाडौं : देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र मधेस प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्वदिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।