September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सल्यानमा गाडी दुर्घटना, तीनजनाको मृत्यु

२०८२ आश्विन १२

425

सुर्खेत : सल्यानमा एउटा फोर्स गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।
आइतबार (असोज १२) बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु२प ६५०२ नम्बरको गाडी दुर्घटना भएको हो । सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा एक महिला र दुई पुरुष छन् । मृतकमध्ये एकजना बाँफिकोट गाउँपालिका–५ का प्रकाश केसी रहेका प्रहरीले जनाएको छ । अरूको परिचय खुलेको छैन ।
सडकबाट करिब ४०० मिटर तल खसेको फोर्स गाडीमा पाँचजना सवार थिए । एक महिला र एक पुरुष घाइते छन् । उपचारका निम्ति उनीहरूलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।