August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना

२०८२ आश्विन ११

355

काठमाडौँ : आज शनिबार पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति : कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।