April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै

२०८२ आश्विन ६

355

काठमाडौं : नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्री, सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार, परियारलाई कृषि, मिश्रलाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।