April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

गृहमन्त्रीको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, काजकिरिया खर्च दिने

२०८२ भाद्र ३०

325

काठमाडौं : सरकारले ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमबार (भदौ ३०) सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै यस्तो निर्णय गरेका हुन् ।
उनले मृतकको सम्मानमा राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद् बैठक बसेर त्यसको मितिबारे औपचारिक निर्णय गरिने उनले बताए ।
मन्त्री अर्यालले काजकिरिया खर्चबापत परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको जानकारी दिए ।
मृतकको शव व्यवस्थापनका निम्ति निःशुल्क सवारीसाधन र दुर्गम क्षेत्रका लागि हेलिकोप्टर उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।
“प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मानस्वरूप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधार झुकाउने भन्ने एउटा निर्णय छ,” उनले भने, “दोस्रो, मृतकहरूको परिवारलाई काजकिरियाबापत प्रतिमृतक रु. एक लाख उपलब्ध गराउने । त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने । तेस्रो, परिवारका सदस्यहरूको आग्रहबमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने भनेर तीनवटा निर्णय गरेका छौँ ।”
यसअघि नै सरकारले जेनजी आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरिसकेको छ ।
न्युज एजेन्सी नेपाल