April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, शहिद परिवारलाई १०–१० लाख दिने

२०८२ भाद्र २९

380

काठमाडौं : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ ।
उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ ।
उनका अनुसार अधिकांश जिल्लाका सरकार र नीजी भवनमा तोडफोड भएको छ ।