काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दैछिन् । कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । त्यसै दिन पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि कार्यक्रम रोकिएको थियो ।
पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पनि क्षति पुगेकोले कार्की निजी निवासमा बसिरहेकी छिन् ।

