September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास

२०८२ भाद्र २९

360

काठमाडौं : देशका केही स्थानमा आइतबार (भदौ २९) वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस दिन राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।