August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेपाल प्रहरीको नयाँ नेतृत्व सम्हाल्दै खापुङ, आजै दज्र्यानी चिह्न प्रदान गरिने

२०८२ भाद्र १९

605

काठमाडौं : नेपाल प्रहरीका ३२औँ महानिरीक्षक चन्द्र कुबेर खापुङले आजदेखि कमान्ड सम्हाल्दैछन् ।
आइजीपी दीपक थापा हिजोदेखि अनिवार्य अवकाशमा गएपछि खापुङ प्रहरीको नेतृत्वमा आउन लागेका हुन् । उनलाई आजै बिहान साढे ९ बजे गृह मन्त्रालयमा दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
त्यस लगत्तै पदभार ग्रहण गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुख रहेका खापुङ ६९ दिन नेतृत्वमा रहनेछन् ।
उनी आगामी कात्तिक २७ मा अनिवार्य अवकाशमा जानेछन् । अब केही एआईजी पद पनि रिक्त भएका छन् । सीआईबीसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी एकेडेमी र प्रशासन विभागमा एआईजी दरबन्दी रिक्त भएका छन् ।
अब ती पदहरू भर्न ९ जना डीआईजीबीच प्रतिस्पर्धा हुने देखिएको छ । आइजीपी नियुक्त भए पनि रिक्त एआईजी भने छिट्टै पदपूर्ति गर्ने सरकारको तयारी छ ।