चन्द्रपुर : रौतहटको चन्द्रपुरमा आज बुधवार एकै दिन परेका पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन ।
रौतहटका पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गौतम,प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र नेपाली कांग्रेसका नेता राजु पराजुलीको आज परेको जन्मदिनमा उनीहरुले संयुक्त रुपमा पृथक ढंगले जन्मदिन मनाएका हुन । चारैजनाको संयुक्त तत्वाधानमा रौतहटको चन्द्रपुर ९ सिन्दुरेघारीमा रहेको नेपालको प्रथम जन्मोत्सव पार्कमा बिभिन्न प्रजातीका फलफुल लगायतका विरुवाहरु वृक्षरोपण गरिएको थियो । 
यसैगरि चारै व्यतित्वहरुले चन्द्रपुर नगरपालिका वडा नम्बर ७ वनबौहरीमा रहेको मानव सेवा आश्रममा रहेका ४२ जना सहारा बिहीन सडक मानवहरुलाई साँझको भोजन खुवाएका थिए ।
सो कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद उप्रेती लगायत आश्रमका सहयोगिहरुको सहभागिता रहेको थियो ।






