August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता
फाइल तस्बिर ।

वाग्मती र कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र १८

450

काठमाडौं : देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको तराई र वाग्मती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।