September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

तातिए नगर प्रमुख काफ्ले,सडक अतिक्रमण हटाउदै नगरपालिका

२०८२ भाद्र १७

1.1K

चन्द्रपुर : चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउन सुरु गरेको छ ।
लामो समयदेखि सडक तथा फुट्पाथ कब्जा गरेर ब्यवसाय गर्दै आएका अटेर ब्यापारीहरुलाई तह लगाउन आजबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको हो । अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा समेत अटेरी गरेपछि नगरपालिकाको टोली फुटपाथ खाली गराउन सक्रिय रुपमा लागेको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेले एक प्रश्नलाई बताए ।
महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर– चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्मको फुटपाथ खाली गराउन लागिएको नगरप्रमुख काफ्लेले बताए । फुटपाथ खाली भएपछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा सडकपेटीमा भिडभाड नहुने हुँदा बजार क्षेत्रमा फैलँदै गएको सडक र फुटपाथ अतिक्रमण अन्त्य गर्न नगरपालिकाले अभियान सुरु गरेको वडा नम्बर ४ का अध्यक्ष रबि राना मगरले बताए ।

बारम्बार सूचना जारी गरी सडक र फुटपाथ खाली गर्न नगरपालिकाले आग्रह गरे पनि कार्यान्वयन गर्न अटेर हुँदा पैदल यात्रुलाई आवतजावत गर्न समस्या हुँदै आएको थियो ।
नगर प्रमुख सञ्जयकुमार काफ्ले नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको बताए । नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले नगरपालिकाको यो कदमलाई सकारात्मक कदमका रूपमा लिएका छन् । फुटपाथ खाली भएपछि शहरको सौन्दर्य बढ्ने र पार्किङमा समस्या समेत कम हुने हुँदा यस्तो अभियानलाई निरन्तरता दिन जरुरी रहेको बताए ।