September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आजदेखि १६ दिने महालक्ष्मी व्रत आरम्भ

२०८२ भाद्र १४

265

काठमाडौँ : सनातन धर्मावलम्बीले १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन्। भाद्र शुक्ल अष्टमीको साँझमा व्रत शुरु गरेर आश्विन कृष्ण अष्टमीको साँझ व्रत समापन गरिन्छ । भदौ १४ गते शनिबार शुरु भएको यो व्रत २९ गते आइतबार पूरा हुनेछ ।
यो अवधिलाई धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा लिइन्छ । यो अवधिभर ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।
प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ ।
यो व्रत विशेष गरेर महिलाले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने विश्वास छ ।