April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

‘लिपुलेक हाम्रो हो’ भन्ने चीनलाई सम्झाउन नबिर्सन बलेनको आग्रह

२०८२ भाद्र १४

205

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले ‘लिपुलेक हाम्रो हो’ भन्ने चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री ओली ‘एससीओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेको सन्दर्भमा साहले उनलाई शुभकामना दिँदै सुझाव दिएका हुन् । उनले लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गरेका छन् ।
‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’, उनले लेखेका छन् ।