August 30, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बाराको कोल्हबीमा अत्याधुनिक तथा व्यवस्थित हाटबजार निमार्ण हुदै

२०८२ भाद्र १

1.1K

दिपु मिश्र
चन्द्रपुर : बारा जिल्लाको कोल्हबीमा अत्याधुनिक तथा व्यवस्थित हाटबजार निर्माणकार्य धमाधम भैरहेको छ ।
कोल्हबी नगरपालिकाका वडा नम्बर – १ स्थित मुख्य चोकमा अत्याधुनिक तथा व्यवस्थित हाटबजार निर्माणकार्य धमाधम भैरहेको छ । तिन विघा १३ कट्ठा क्षेत्रफलमा निर्माण भैरहेको हाटबजारमा ७ वटा ब्लक रहेको छ । जहाँ फरक–फरक प्रकारका सामानहरु विक्री कक्ष बनाइएको छ ।
मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले निमार्ण गरिरहेको कोल्हबी हाटबजारमा ७२ वटा सपिङ कमप्लेक्स , २६ वटा सटर भएको २ वटा ब्लग र बाँकिको अन्य ब्लकमा मार्केट स्टल रहने छ । मार्केट स्टलकै बीचमा रहेकोे २ वटा खुल्ला एरियामा मार्केट रहने छ । त्यसमा पनि खुल्ला रुपमा सामानहरु विक्री गर्न सकिने छ ।

कोल्हबीमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार संचालनमा ल्याउने तयारी गरिएको मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सका संचालक देवराज अधिकारीले जानकारी दिएका छन् । उनले कोल्हबीमा निमार्णधीन हाटबजार बारा जिल्लाको नमुना बजार रहने बताएका छन् ।

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती देखि शौचालय समेत निर्माण भैसकेको छ । निर्माण कार्य ४ प्रतिशत मात्र बाँकी रहेको मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सका संचालक अधिकारीले जानकारी दिएका छन् ।
हाटबजार निर्माणको लागि नगर बिकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटले निमार्णकार्यको सुरुवात गरिएको थियो ।
कोल्हबी हाटबजार आउदो असोज महिनाबाट संचालनमा आउने निमार्ण कन्ट्रक्शनले जनाएको छ ।