April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्षमा सापकोटा

२०८२ श्रावण २१

2.5K

दिपु मिश्र
चन्द्रपुर : चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा उदय नारायण सापकोटा विजयी भएका छन् ।
आज बुधवार सम्पन्न भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको चुनावमा उदय नारायण सापकोटा (सुरेन) नयाँ अध्यक्षमा बिजय भएका हुन् । नेपाली काँग्रेस,नेकपा माओवादी,नेकपा एमाले र एकिकृत समाजवादीका साँझा उमेद्वार रहेका सापकोटाका निकटतम प्रतिद्वन्द्वी सुनिल साहले २ सय ६९ मत प्राप्त गरेर पराजय भएका हुन् ।
अध्यक्ष सापकोटा भने २ सय ३३ मतान्तर सहित ५ सय २ मत ल्याएर बिजयी भएका हुन् ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको कुल मतदाता १ हजार ९७ रहेका मध्य ८ सय २ जना मतदाताले मत खसालेका थिए । खसेको मतमा ३१ मत बदर भएको थियो ।

अध्यक्ष सापकोटा भने राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) का चन्द्रपुर नगर अध्यक्ष हुन् ।