April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ असार २९

910

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेस भइसकेको छ।

राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका थिए। कांग्रेस र एमालेबीच असार १७ गते राति दुई दलको सरकार बनाउने र पहिले ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो।