April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

स्थिर रहेको सुनको भाउ आज बढ्यो

२०८१ जेष्ठ ३०

650

लगातार तीन दिनसम्म स्थिर रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको १ हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।